समकक्षी परीक्षण टोलीद्धारा QAA को प्रारम्भिक अध्ययन सम्पन्न

समकक्षी परीक्षण टोलीद्धारा QAA को प्रारम्भिक अध्ययन सम्पन्न

2024-06-09

यस क्याम्पसको भौतिक, शैक्षिक, प्रशासनिक तथा आर्थिक क्षेत्रलाई अझै प्रभावकारी बनाई आन्तरिक गुणस्तर सुनिश्चितताका लागि विश्वविद्यालय अनुदान आयोग QAA मा SSR (Self Study Report) बुझाई सकिएको र UGC द्वारा Review भइसकेका सन्दर्भमा प्रत्यक्ष अवलोकन अध्ययन तथा मूल्याङ्कनका लागि विश्वविद्यालय अनुदान आयोगबाट प्रा.डा. उपेन्द्रकुमार कोइरालाज्यूको नेतृत्वमा गठित समकक्षी परीक्षण टोलीद्वारा (Peer Review Team) मिति २०८१।०२।२३ गतेदेखि २०८१।०२।२६ गतेसम्म प्रारम्भिक अध्ययन (Preparatory Assessment) सम्पन्न भयो । चार दिने सो समकक्षी परीक्षण भ्रमणमाPRT Coordinator प्रा. डा. उपेन्द्रकुमार कोइराला र सदस्य नविना चौलागाई सहभागी हुनुुभएको थियो । 
विश्वविद्यालय अनुदान आयोगको समयतालिकाअनुरुप अध्ययनको पहिलो दिन परीक्षण टोली र क्याम्पसका विभिन्न समितिहरु, व्यवस्थापन समिति, विभागीय प्रमुखहरु, IQAC सदस्यहरु, SAT सदस्यहरु प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरु, क्याम्पस अलुमनाइ एसोसिएसनलगायत अन्य विभिन्न सरोकारवालाहरुबीच सामूहिक छलफल आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल हुनुहुन्थ्यो । Self- Assessment Team (SAT) बाट तयार पारिएको SSR, SAT संयोजक प्रा. डा. हरिहर पौडेलले क्याम्पसको तर्फबाट प्रस्तुत गर्दै सो रिपोर्ट UGC मा बुझाएपश्चात् भएका सुधारहरु, क्याम्पसका सबल पक्ष, चुनौती र भावी योजनाबारे सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलगायत अन्य विभिन्न सरोकारवालाहरुबीच Slides मार्फत Presentation गर्नुभएको थियो । 

UGC QAA Division ले निर्धारण गरेका ८ वटा मापदण्ड र १२० वटा प्रश्नका आधारमा तयार गरेको Self Study Report (SSR) मा लेखिएका कुराहरुको परीक्षण PRT परीक्षणका सदस्यज्यूहरुले अध्ययन तथा मूल्याङ्कनका लागि क्याम्पसमा रहेका विभिन्न प्रशासनिक शाखा तथा विभागहरुको प्रत्यक्ष अवलोकन गरी कार्यपद्धति एवं समस्याहरुका बारेमा जानकारी लिनुभएको थियो । चार दिने प्रारम्भिक अध्ययन भ्रमणमा परीक्षण टोलीले क्याम्पसमा रहेका विभिन्न समितिहरु, अभिभावकहरु, प्राध्यापकहरु कर्मचारीहरु, संघ÷संगठनहरुबीच छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गरी क्याम्पसमा भएगरेका शैक्षिक तथा प्रशासनिक गतिविधिहरु, सेवासुविधा, समस्याका बारेमा छलफल गरेको थियो । बृहत् छलफल र अध्ययन गरी परीक्षण टोलीले चारदिने भ्रमणका क्रममा क्क्च् सम्बन्धमा सुझावसहितको प्रतिवेदन दिएको छ । कार्यक्रमको अन्तिम दिनमा परीक्षण टोलीले प्राध्यापक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति विभागीय प्रमुख, IQAC, SAT लगायत विभिन्न समिति र अन्य क्याम्पसका विभिन्न सरोकारवालाहरुबीच सुझाव प्रतिवेदन पेश गरेको थियो । यस क्याम्पसका क्याम्पस प्रमुख प्रा. दयाराम पौडेलले परीक्षण टोलीलाई धन्यवाद ज्ञापन गर्दै यसरी प्रस्तुत प्रतिवेदनमा एच्त् बाट प्राप्त सुझावहरुको समयमै कार्यान्वयन गर्ने र क्क्च् परिमार्जन गरी Response रिपोर्ट र परिमार्जित SSR समयमै UGC QAA Division मा पेस गर्ने प्रतिवद्धताका साथ कार्यक्रमको समापन गर्नुभएको थियो ।