B.Sc. Club of BMC को बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

B.Sc. Club of BMC को बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

2026-05-19

मिति २०८२/०२/०५ गते बसेको B.Sc. Club of BMC को बैठक तथा अन्तरक्रिया कार्यक्रममा विज्ञान संकाय अन्तर्गत रहेका विभिन्न विभागीय समस्याहरू, विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कठिनाइहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहायक क्याम्पस प्रमुख डा. किशोर चन्द्र घिमिरेज्यूको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा विद्यार्थी कल्याण प्रमुख देवीप्रसाद पौडेलज्यू उपस्थित हुनुहुन्थ्यो। साथै, अतिथिका रूपमा विज्ञान संकाय अन्तर्गतका सम्पूर्ण विभागीय प्रमुखहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व B.Sc. Club of BMC का अध्यक्षद्वारा गरिएको थियो।

बैठकमा विभागीय प्रमुखहरू, क्याम्पस प्रशासन तथा विद्यार्थी प्रतिनिधिहरूसँग समन्वय गरी समस्याहरूको समाधान खोज्नुपर्ने विषयमा विशेष जोड दिइयो। साथै, विज्ञान संकायका सम्पूर्ण विद्यार्थीहरूको हितलाई केन्द्रमा राखी आवश्यक पहल गर्ने निर्णय गरिएको छ।

विशेष गरी प्रयोगशाला व्यवस्थापन, नियमित कक्षा सञ्चालन, शैक्षिक वातावरण सुधार तथा विद्यार्थीहरूले भोगिरहेका विविध समस्याहरू सम्बन्धमा छलफल भएको थियो। ती समस्याहरू समाधान गर्न क्याम्पस प्रशासन र सम्बन्धित विभागीय प्रमुखहरूसँग सहकार्य तथा समन्वय गर्ने निष्कर्ष निकालिएको छ।

अन्त्यमा, विद्यार्थीहरूको शैक्षिक उन्नयन, अनुशासित शैक्षिक वातावरण निर्माण तथा विद्यार्थी हितका कार्यक्रमहरू सञ्चालन गर्न B.Sc. Club of BMC निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ।