मिति २०८३ साल वैशाख २५ गते युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा विश्व रेडक्रस दिवसको अवसरमा क्याम्पस परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमले स्वच्छ वातावरण निर्माण तथा विद्यार्थीहरूमा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले क्याम्पस परिसर सफा गर्दै “स्वच्छ क्याम्पस, स्वस्थ भविष्य” भन्ने सन्देश प्रवाह गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति युवा रेडक्रस सर्कलले हार्दिक आभार व्यक्त गरेको छ।