खुल्ला कविता प्रतियोगिता सम्पन्न

खुल्ला कविता प्रतियोगिता सम्पन्न

2023-09-04

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा अध्ययनरत विद्यार्थीहरुको समूह 'वी.एम्.सी. एकाडेमिक सर्कल'ले यही भदौ १७ गते आइतबार बिहान उक्त क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुका माझमा खुल्ला कविता प्रतियोगिता सञ्चालन गर्यो । सर्कलले इमेलमार्फत् कविता आव्हान गरेकोमा १५ जना सहभागीले उपस्थिति जनाएका थिए ।

उक्त प्रतियोगितामा 'के चाहियो हामीलाई ?' शीर्षकमा कविता लेखेका केबराज थापा क्षेत्री प्रथम भएका थिए

'विचरा कुर्सी' शीर्षकमा कविता सुनाएकी सिर्जना पौडेल द्वितीय भएकी थिइन् ।

त्यस्तै 'म शिक्षित अनपढ' शीर्षकमा कविता सुनाएका ध्रुव सञ्ज्याल तृतीय भएका थिए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल थिए भने निर्णायकहरुमा उपप्राध्यापक रमेश प्रभात र प्रभा मरहट्ठा बसेका थिए । कार्यक्रमको सभापतित्व सर्कलका अध्यक्ष विनोद सुवेदीले गरेका थिए भने सञ्चालन सचिव विक्रम न्यौपानेले गरेका थिए । क्याम्पसको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको व्यापक सहभागिता थियो ।