युवा रेडक्रस सर्कल द्वारा आयोजित प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम सम्पन्न

युवा रेडक्रस सर्कल द्वारा आयोजित प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम सम्पन्न

2026-05-04

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल वीरेन्द्र को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी चितवनका सभापति हरि प्रसाद पौडेल प्रमुख अतिथि रहनु भएको थियो भने सहायक क्याम्पस प्रमुख भोजराज गौली र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख देवि प्रसाद पौडेल, सहायक क्याम्पस प्रमुख टिकाराम रिजाल, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रुद्र अधिकारी, युवा रेडक्रस सर्कलका निवर्तमान सभापति आयुष पौडेल, एम्मुनाइ एसोसिएसन कार्यसमिति महासचिव बामदेव घिमिरे, विरेन्द्र खेलकुद समितिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, एकेडेमी सर्कलका सचिव दर्शन भण्डारी, नेविसंघ एकाइ समितिका सभापति ग्यान प्रसाद पराजुली, अनेरास्ववियु क्याम्पस कमिटी संयोजक अरबिन्द ढुंगाना तथा सहजकर्ता निखिल काफ्ले अतिथिका रूपमा रहनु भएको थियो।


कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्राथमिक उपचारसम्बन्धी आधारभूत सीप, आपतकालीन अवस्थामा अपनाउनुपर्ने विधि तथा सचेतनाका विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि हरि प्रसाद पौडेलले यस्तो तालिमले युवाहरूलाई मानवीय सेवामा प्रेरित गर्ने र आपतकालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सक्षम बनाउने बताउनु भयो। उहाँले रेडक्रसको सिद्धान्तअनुसार मानवताको सेवामा सधैं अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष बिनय आचार्यले आजको सिकाइ केवल कागजमा सीमित नराखी व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सेवा भावना र जिम्मेवारी बोध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम सर्कलका अध्यक्ष बिनय आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सर्कलका सचिव बिबेक सुबेदीले गर्नु भएको थियो।