वार्षिक साधारण सभा २०८२ सम्पन्न

वार्षिक साधारण सभा २०८२ सम्पन्न

2025-12-31

वीरेन्द्र बहुमुखी क्याम्पसको यही मिति २०८२ पौष १४ गते त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । क्याम्पसका क्याम्पस प्रमुख डा. प्रेम सागर भण्डारीको अध्यक्षतामा  सम्पन्न भयो । सहायक क्याम्पस प्रमुख टिकाराम रिजालले सञ्चालन गर्नुभएको उक्त सभामा सहायक क्याम्पस प्रमुख डा. किशोरचन्द्र घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । सभामा क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरु प्रा. दयाराम पौडेल, प्रा.डा. केशवभक्त सापकोटा र सहप्रा. प्रेमराज खनियाँ, सहायक क्याम्पस प्रमुखहरु, विद्यार्थी कल्याण प्रमुख, कार्यरत प्राध्यापकहरु, कर्मचारी तथा अध्ययनरत विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभामा पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै वीरेन्द्र बहुमुखी क्याम्पस  एलमुनाई एसोसिएसनका अध्यक्ष श्री बाबुराम घिमिरेको उपस्थिति रहेको थियो । सभामा क्याम्पस प्रमुखले गत वर्षदेखि हालसम्म भएका क्याम्पसका समष्टिगत शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, अवसर तथा चुनौतीहरु र आगामी वर्षका लागि नीति तथा कार्यक्रमका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त सभामा विभागीय प्रमुख तथा कार्यक्रम निर्देशक/संयोजकहरु मध्येबाट डा. सुरेन्द्र घिमिरे र डा. सुदीप वाग्ले, करार शिक्षकहरुको तर्फबाट श्री पदम प्रसाद न्यौपाने, क्याम्पस कार्य समितिका सदस्य तर्फबाट श्री थानेश्वर सापकोटा, अनुसन्धान एकाई समितिका संयोजक प्रा.डा. हरिहर पौडेल, निवर्तमान क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल, प्राध्यापक संघका एकाई सभापति श्री सूर्यनारायण पौडेल, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री मनोज विष्टले  क्याम्पसको पठनपाठन, अनुसन्धान, व्यवस्थापन, भौतिक पूर्वाधार तथा प्राध्यापकहरुको कर्तव्य र हकहितका बारेमा आफ्नो चासो तथा राय राख्नुभएको थियो भने प्रशासन प्रमुख राजेन्द्र पोखरेल र त्रि.वि. कर्मचारी सङ्घ, एकाइ समिति सभापति श्री सन्तप्रसाद ढुंगानाले हाल क्याम्पसमा कर्मचारीहरुको व्यवस्थापनको समस्याका बारेमा राय राख्नुभएको थियो ।

त्यस्तै विद्यार्थी सङ्घ/सङ्गठनका प्रतिनिधिहरुको तर्फबाट नेपाल विद्यार्थी संघका क्याम्पस एकाइ तथा र युवा रेडक्रस सर्कल क्याम्पस एकाइ अध्यक्ष श्री आयूष पौडेल र अनेरास्ववियु क्याम्पस कमिटीका तर्फबाट युवराज उपाध्यायले अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरुले भोग्नुपरेका समस्याबारे विचार राख्नुभएको थियो । क्याम्पसमा विद्यमान शैक्षिक तथा प्रशासनिक समस्याहरु समाधानका विषयमा प्रमुख अतिथि प्रा.डा. केदारप्रसाद रिजालले आफ्ना विचार तथा योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो ।

साधारणसभाका अवसरमा उत्कृष्ट विभाग, सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, कर्मचारी, शैक्षिक उपाधी (एमफिल., पि.एच.डी.) हासिल गर्ने शिक्षक र अन्तराष्ट्रिय जर्नलमा लेखरचना प्रकाशन गर्ने प्राध्यापकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट विभागका रूपमा व्यवस्थापन विभाग, उत्कृष्ट वर्ष शिक्षकको रुपमा प्रा.डा. कृष्णप्रसाद पौडेल (मानविकी तथा सामाजिकशास्त्र संकाय), उपप्रा. श्री वैकुष्ठप्रसाद भुषाल (व्यवस्थापन संकाय), उपप्रा. श्री मुरलीधर घिमिरे (शिक्षाशास्त्र संकाय) र प्रा. अरुणकुमार श्रेष्ठ (विज्ञान तथा प्रविधि अध्ययन संस्थान), वर्ष कर्मचारीको रूपमा श्री शालिग्राम पौडेल, श्री खगेश्वर रिजाल र श्री नारायणी उपाध्याय नगद पुरस्कारसहित सम्मानित हुनुभएको थियो भने उत्कृष्ट विद्यार्थीका रूपमा स्नातक तह सेमेष्टर तर्फ ३.९९ जिपिए  प्राप्त गर्नुभएका बिबिएमा अध्ययनरत विद्यार्थी श्री बिना भुषाल र शिशिर रानाभाट र वार्षिक प्रणालीतर्फ ८१.८% प्राप्त गर्नुभएका भूगर्भशास्त्र विषयका विद्यार्थी श्री अर्चना आचार्य र बि.बि.एस विषयका विद्यार्थी श्री अनिशा दाहाल सम्मानित हुनुभएको थियो । अन्तराष्ट्रिय जर्नलमा अनुसन्धनात्मक लेख प्रकाशन गर्ने उपप्रा. डा. गोविन्दप्रसाद ढुंगाना, उपप्रा. श्री हरिप्रसाद उपाध्याय र डा. पुरुषोत्तम अधिकारीलाई नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । यसै सभामा यस वर्ष विद्यावारिधि उपाधि हासिल गर्नुभएका उप प्राध्यापक डा. सञ्जय कुमार साह र एमफिल उपाधि हासिल गर्नुभएका उपप्रा. श्री मुरलीधर घिमिरे, उपप्रा. श्री केशवराज सापकोटा, श्री उदय कुमार श्रेष्ठ, श्री पदमप्रसाद न्यौपाने र श्री राजेन्द्र गिरी  सम्मानित हुनुभएको थियो । यसै वर्ष निवृत्त हुनुभएका सह.प्रा. श्री कमलकृष्ण खनाल, सह.प्रा. डा. धनेश्वर भट्टराई, श्री लक्ष्मी कुमारी बास्तोला, लेखा अधिकृत श्री खड्गबहादुर श्रेष्ठ र कार्यालय सहयोगी श्री गोपाल चालिसे सम्मान तथा विदाई गरिएको थियो । यसै वर्ष नियुक्ति भई आउनुभएका उप प्राध्यापकहरु श्री सुनिल लम्साल (भूगर्भशास्त्र), श्री नारायण पौडेल (रसायनशास्त्र), श्री पृथ्वीराज पनेरु (कम्प्युटर विज्ञान), श्री पवित्रमुनी बज्राचार्य (प्राणीशास्त्र), श्री मिनु अधिकारी (वनस्पतिशास्त्र), श्री किरण भट्टराई (तथ्यांकाशास्त्र), श्री सिन्धु ज्ञवाली लौडारी (समाजशास्त्र) र श्री उमेश चापागाई (अंग्रेजी) लाई पनि स्वागत गरिएको थियो ।

सभामा विभिन्न प्रस्तावहरुमा छलफल गरी QAA को कार्य सम्पन्न गर्ने, BA LLB, MCA, MBA, M.Sc. Zoology जस्ता शैक्षिक कार्यक्रमहरु थप गर्न पहल गर्ने, भौतिक निर्माणलाई द्रुत गति दिँदै मूल भवनमा गेट निर्माण गर्ने, नौविगाहा कम्पाउण्डवाल तथा ट्रेल निर्माण गर्ने, व्यवस्थापन भवन निर्माण सम्पन्न गर्ने,  कार पार्किङ व्यवस्थापन, थप सिसिटिभि जडान गर्नेजस्ता प्रस्तावहरु  पारित गर्दै क्याम्पस प्रमुखको समापन गन्तव्य सहित वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

For more images: Click here