२७ चैत्र २०८२, चितवन/वीरेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशिल ‘अनुसन्धान व्यवस्थापन कमिटी’ले आफ्नो आठौं अड्ढ शुक्रबार एक कार्यक्रमका बीच विमोचन गरेको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल, त्रि.वि. प्राध्यापक संघ, एकाई समितिका सभापति सूर्यनारायण पौडेल, सहायक क्याम्पस प्रमुखहरु भोजराज गौली, डा. किशोरचन्द्र घिमिरे, टिकाराम रिजाल, क्याम्पस विद्यार्थी कल्याण प्रमुख देवीप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।

त्यसैगरी अनुसन्धान व्यवस्थापन कमिटीका सदस्यहरु डा. मनोजकुमार लालदाल, डा. कृष्णप्रसाद पौड्याल, डा. एकनारायण पौड्याल, प्राध्यापकहरु, कर्मचारीहरु एवम् विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त जर्नलमा प्रकाशित अनुसन्धान आलेखहरुको बारेमा टिप्पणी गर्नका लागि डा. रामकृष्ण तिवारी, डा. गणेश शर्मा पौडेल र महेश घिमिरेले टिप्पणीकारको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. प्रेम सागर भण्डारीले अनुसन्धानको क्षेत्रमा वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि बढिरहेको उल्लेख गर्दै आगामी वर्षको बजेटमा यस्ता कार्य गर्नका लागि भारी मात्रामा बजेट वृद्धि गर्न लागेको बताउनुभयो । उहाँले प्राध्यापक, कर्मचारीहरुलाई मात्रै नभएर विद्यार्थीहरुलाई समेत अनुसन्धान कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले बजेटको व्यवस्था गर्न लागिएको बताउनुभयो ।
अनुसन्धान व्यवस्थापन कमिटीका संयोजक प्रा.डा. हरिहर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख सह.प्रा.डा. कृष्णप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।