सर्वोत्तम सिमेन्ट कम्पनी, सुनवल र वीरेन्द्र बहुमुखी क्याम्पस बीच MOU सम्पन्न भएको छ कम्पनीका तर्फबाट नेत्रप्रसाद घिमिरे र वीरेन्द्र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी ज्यूले हस्ताक्षर गर्नुभएको हो। उक्त अवसरमा सहायक क्याम्पस प्रमुख श्री टिकाराम रिजाल, त्रिवि प्राध्यापक सङ्घ इकाई समितिका सभापति श्री सूर्यनारायण पौडेल, क्याम्पस विद्यार्थी कल्याणप्रमुख श्रीदेवी प्रसाद पौडेल, कर्मचारी प्रशासन प्रमुख श्री राजेन्द्र प्रसाद पोखरेल सामान्य प्रशासन प्रमुख उर्मिलादेवी पाेखरेल लेखा प्रमुख श्री सरोजराज लामिछाने सुरेशराज शर्मा शालीग्राम पाैडेल प्रकाश आचार्य लगायत अन्य प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो MOU पछि यस क्याम्पसमा विज्ञानतर्फ रसायनशास्त्र विषय लिइ चौथो वर्षको परीक्षा दिएका वा उत्तीर्ण गरेका विद्यार्थीहरुले प्रतिवर्ष चार जनाले मासिक २७००० भन्दा बढी पारिश्रमिक खाने बस्ने र अन्य सेवा सुविधासहित काम गर्न पाउने अवसर प्राप्त गर्नेछन्। काम गर्न इच्छुक विद्यार्थीहरूले क्याम्पस प्रशासनमा वा कम्प्युटर शाखामा सम्पर्क राख्न जानकारी गराइन्छ।