त्रि.वि. उपकुलपतिद्वारा वीरेन्द्र बहुमुखी क्याम्पसको अनुगमन

त्रि.वि. उपकुलपतिद्वारा वीरेन्द्र बहुमुखी क्याम्पसको अनुगमन

2025-12-14

२६ मंसिर, चितवन/त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले मध्य नेपालमा आङ्गिक क्याम्पसको रुपमा स्थापित वीरेन्द्र बहुमुखी क्याम्पसको शुक्रबार अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा प्रा.डा. अर्यालले क्याम्पसको वर्तमान शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । अर्यालले समग्र त्रिभुवन विश्वविद्यालय नीतिगत सुधारमा आफूले पहल गर्ने जानकारी दिनुभयो । उहाँले वीरेन्द्र बहुमुखी क्याम्पसलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

सो अवसरमा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी, सहायक क्याम्पस प्रमुख टिकाराम रिजाल, प्राध्यापक संघ एकाई समितिको सभापति सूर्यनारायण पौडेल, कर्मचारी संघ एकाई समितिका सभापति सन्तप्रसाद ढुड्डाना, अर्थशास्त्र विभागका विभागीय प्रमुख दीपक रेग्मी, क्याम्पस कार्यसमितिका सदस्य थानेश्वर सापकोटा, व्यवस्थापन विभागका विभागीय प्रमुख दामोदर पौडेललगायतले समग्र क्याम्पस, प्राध्यापक तथा कर्मचारीहरुको अवस्था र सेवासुविधाका बारेमा आ–आफ्नो कुरा राख्नुभएको थियो ।