वीरेन्द्र बहुमुखी क्याम्पसको मूल भवनमा प्रवेश गर्ने बाटोको उद्घाटन

वीरेन्द्र बहुमुखी क्याम्पसको मूल भवनमा प्रवेश गर्ने बाटोको उद्घाटन

2025-02-21

पूर्व-पश्चिम राजमार्गबाट वीरेन्द्र बहुमुखी क्याम्पसको मूल भवनमा प्रवेश गर्ने बाटोको उद्घाटन भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले रिबन काटेर उक्त बाटोको उद्घाटन गरे।

उद्घाटन अवसरमा क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी, निवर्तमान क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेल, सहायक क्याम्पस प्रमुख भोजराज गौली, किशोर चन्द्र घिमिरे, टिकाराम रिजाल, वेदनिधि अर्याल लगायत क्याम्पसका विभिन्न वैचारिक संगठनका अध्यक्ष, क्याम्पस विद्यार्थी कल्याण प्रमुख देवी प्रसाद पौडेल, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू उपस्थित थिए।

क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारीले यो बाटो कालोपत्रे भएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको आवतजावत सहज भएको बताए। वडा नम्बर १० को बजेट र नेतृत्वमा उक्त सडक यसै हप्ता कालोपत्रे गरिएको हो।