क्याम्पसमा कार्यरत प्राध्यापक ÷शिक्षक, कर्मचारी एवं विविए सातौ सेमेष्टरमा (अनुसन्धान पेपर लिएका) अध्ययनरत विद्यार्थीहरु, क्याम्पसमा क्रियासिल सवै विद्यार्थीका वर्गिय संघ संगठनहरुको प्रतिनिधित्वमूलक यस कार्यक्रममा क्याम्पस प्रशासन, पुस्तकलय व्यवस्थापन समिति, क्याम्पस कार्य समिति सदस्यहरु उपस्थिति रहेको आजको यो भव्य कार्यक्रम, १० दिन पहिला देखि नै पुस्तकालय व्यवस्थापन समितिको बैठकबाट यस कार्यक्रमको तय गरिएको थियो। र यसलाई क्याम्पस प्रशासनले पूर्णरुपमा अपनत्व जनाउने गरी आयोजकको भूमिकामा प्रमुख अतिथिमा प्रमुख प्रा दयाराम पौडेल, अतिथिहरुमा सहायक क्याम्पस प्रमुखहरु भानुभक्त कडेल, उदय बहादुर थापा, क्याम्पस कार्यसमितिका सदस्य डा प्रेमसागर भण्डारी, पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख श्री भोजराज गौली, प्राध्यापक संघ सभापति श्री सूर्यनारायण पौडेल, कर्मचारी संघका सभापति श्री सन्त प्रसाद ढुंगाना, कर्मचारी प्रशासन प्रमुख श्री उर्मिला देवि पोखरेल, उपस्थिति पुस्तकालयमा रहेका पाठ्य सामाग्रीहरुको प्रयोग, प्राप्त गर्ने विधि र सहित त्रि.वि.केन्द्रिय पुस्तकालयमा भएका र पुस्तकालयले खरिद गरी प्रदान गरिरहेका विभिन्न रिसोर्स र ई रिसोर्सेजहरुको प्राप्ती सम्वन्धि विधिहरु लगायत कसरी प्राप्त गर्न सक्षम हुने भन्ने जस्ता कार्यक्रमहरुको प्रस्तुतिकरण पुस्तकालय प्रमुख श्री महेन्द्र प्रसाद अधिकारीबाट भएको थियो भने सो कार्यक्रमको सभापतित्व पुस्तकालय व्यवस्थापन समितिक संयोजक एवं सहायक क्याम्पस प्रमुख श्री भोजराज गौलीले गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन पुस्तकालयका कर्मचारी कार्यलय सहायक श्री प्रकाश आचार्यले गर्नुभएको थियो। कार्यक्रममा तपशिलका विषयहरुको वारेमा प्रस्तुति र विचारहरु व्यक्त भएका थिए।

क) पुस्तकालय प्रयोग गर्ने तरिका ÷पाठक अभिमुखिकरण कार्यक्रम -General knowledge for code of SPINE, AND BARCODE, GENERAL LIBRARY RULES AND ETHICS, SEARCHING TECHNIQUES OF BMC, Repository resources as Dissertation, OPAC and TUCL OPAC_
ख) त्रि=वि= केन्द्रिय पुस्तकालयवाट प्राप्त हुने ईरिसोर्सेज निशुल्क र सहज तरिकाले प्राप्ती गर्ने तरिका ÷विधि -Remotexs use and access method_
ग) विभिन्न वेभपज र साइट बाट निशुल्क प्राप्त गर्न सकिने इ बुक, इ जर्नल लगायत हाम्रो पुस्तकालय सदस्य भएवापतबाट प्राप्त हुन सक्ने पुस्तकालय सामाग्रीहरुको लागि युजर आइडी र पासवडको व्यवस्था (User ID and Password_ Merilot.org, Ebschohost, Jstor.org, Internet Archive, Research4life, etc.
घ) कसरी छिटो छरितो विधिवाट छनौट गर्न र खोज्न अनि प्राप्ती गर्न सकिन्छ भन्ने विषयमा विभिन्न वेभपज र साइट बाट निशुल्क प्राप्त गन - Advanced search: AND, OR, NOT _ को सिकाइ र यसको महत्व,
ङ) क्याम्पसले प्राप्त गरेका इरिसोर्सेजहरु( Research4life) को (User ID and Password) वितरण कार्यक्रम,
च) Reference and Bibliography,
सोह्रौ पुस्तकालय दिवसको सन्दर्भ, सो अवसरमा भएको ई रिसोर्सेज प्राप्ती सम्वन्धिको प्रस्तुतिकरणको समिक्षा, पुस्तकालय सेवा विस्तार एवं सुधारका उपाय र सुझाव संकलन जस्ता पुस्तकालय विकास लगायतका विभिन्न विषयमा शुभकामना व्यक्त गर्नकोलागि प्रमुख अतिथि, अतिथि, लगायत विभिन्न प्रतिनिधिमुलक व्यक्तित्वहरुलाई आमन्त्रण गरिको र सोही अनुसार विचारहरु व्यक्त भएका थिए।